जेठ ७ :ब्युटी प्याजेन्टको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । केही दिन अघि टिकटक मार्फत उनले आफुमाथी मनोज पाण्डेले ६ महिनासम्म बारम्बार बलात्कार गरेको आरोप लगाएकी थिईन् । प्रहरी स्रोतका अनुसार अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।

















