ओलीको भाषण अभिशाप जहाँ उनी पुगे र बोले त्यहीँ हार ब्यहोर्दै एमाले

जेष्ठ ८ः गत बैशख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम नतिजा आउने क्रम जारी छ ।

धेरै तहको आइसकेको छ भने बाँकीको पनि छिट्टै सार्वजनिक गर्ने निर्वाचन आयोगको जानकारी छ । ०७९ सालको निर्वाचनको नेपाली काँग्रेस विजयी र अग्रतामा अगाडि छ भने एमाले र माओवादीले पछ्याइरहेका छन् ।  यस पटक नेपाली काँग्रेस पाँच दलीय गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो । गठबन्धनले देशका दुई सय स्थानीय तहमा मात्र तालमेल गरेका थिए ।

अन्य स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गरेका थिए । एमाले भने केहीँ साना १० वटा दलसँग तालमेल गरेर चुनावमा होमिएको थियो । एमाले अध्यक्ष केपी ओली एक्लै विभिन्न जिल्लामा चुनावी सभामा भाषण गर्न पुगेका थिए ।

शिर्ष नेताको भाषण सुन्न मान्छेको जमात हुनु स्वभाविक हो , कतिले देशका बारे के बोलिदिने हुन वा उनले बोलेको विषय देशको पक्षमा कति सकरात्मक छ भन्ने जिज्ञासा हुनु राम्रो पक्ष हो अर्को कुरा नेताले बोलेको कुराले निकै ठुलो योग्दान हुन्छ र क्षतिपनि उस्तै हुन्छ त्यस्तै एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री के.पी शर्मा ओलीले केहि ठाँउमा गएर बोलेको बोली यतिबेला पार्टीको निमिक्त अभिषाप जस्तै भएको छ।

ओली जहाँ जहाँ गएर चुनावी सभामा भाषण गरे, ती सबै ठाउँमा एमालेले पराजय बेहोर्नु परेको छ । ओली विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, पोखरा, भरतपुर, बुटवल, धनगढी, महेन्द्रनगर जस्ता ठुलो सहरमा चुनावी सभामा पुगेका थिए । बिडम्बना उनी गएका यी शहरहरुमा एमालेले आफ्नो पुरै प्यानल गुमाएको छ ।

पोखरा, धरान, जनकपुर, वीरगन्ज, भरतपुरको मत परिणाम आउन बाँकी छ । यी स्थानीय तहमा पनि एमालेले चुनाव जित्न सकेन । स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म झन्डै सात सय स्थानीय तहको नतिजा आइसकेको छ । मत परिणामअनुसार काँग्रेसले तीन सय ६ स्थानीय जितेर आफूलाई पहिलो दलका रूपमा उभ्याएको छ । अघिल्लो स्थानीय निर्वाचनमा काँग्रेसले दुई सय ६६ स्थानीय तह जितेर दोस्रो दलमा झरेको थियो । यस पटक अघिल्लो निर्वाचनको पहिलो दल एमालेलाई दोस्रोमा झार्दै काँग्रेस पहिलो दल बन्न सफल भएको छ ।

सात सय ५३ मध्ये काँग्रेस एक्लैले जितेको स्थानीय तह एमाले र माओवादी केन्द्रको जोड्दा जति पुगेको छ । यस पटक काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सुझबुझ निर्णयका कारण दुई सय स्थानीय तहमा भए पनि गठबन्धनबिच तालमेल भएको थियो । जसले काँग्रेसलाई धेरै फाइदा पुग्न गयो ।

काँग्रेसले अहिलेसम्म देशभर ४४ प्रतिशत स्थानीय तहमा जित हासिल गरेको छ । यो नतिजाले काँग्रेसलाई आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा जान निकै सहज भएको छ ।