जेष्ठ १०ः ठिक आजैको दिन २ वर्ष अगाडि अन्तरजातीय प्रेम गरेको कारण नवराज विकसहित, लोकेन्द्र सुनार, सन्दिप विश्वकर्मा, गणेश बुढा, टीकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो सोही दिनको स्मरण गर्दै काठमाडौंको माईतीघर मण्डलामा एक बिशेष कार्यक्रम गरि जात व्यवस्था बिरुद्धको बिद्रोह दिवस मनाईएको छ ।

जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं ४ का युवाहरूको चौरजहारी नगरपालिका सोतीमा हत्या भएको थियो। अन्तरजातीय प्रेमको कारण नवराज वि.क.सहित छ जना मारिएको दिनलाई ‘जात व्यवस्था विरूद्धको विद्रोह दिवस’को रूपमा मनाइएको छ।

मंगलबार काठमाडौंस्थित माइतीघर मण्डलमा जात व्यवस्था उन्मूलन मोर्चाले ‘जात व्यवस्था विरूद्धको विद्रोह दिवस’ मनाएको हो। आफ्नी प्रेमिकाको घर रूकुम पश्चिम चौरजहारी नगरपालिका वडा नम्बर ८ गएका नवराजसहित उनका ६ जना साथीको गाउँलेको कुटपिटबाट मृत्यु भएको थियो।
जातकै कारण गाँउलेको कुटपिटबाट मृत्यु भएका नवराज र उनको साथीहरुको स्मरणमा जात ब्यवस्था उन्मुलन मोचा नेपालले प्रत्येक वर्ष जेष्ठ १० लाई जात व्यवस्था बिरुद्धको बिद्रोहको दिवसको रुपमा मनाउने मोर्चाका संयोजक राजकुमार हिङमाङले बताएका छन ।

कार्यक्रममा बोल्दै वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सदस्य जागृत रायमाझिले नेपालको बिद्यमान समस्या मध्येको एक प्रमुख समस्या जात व्यवस्था भएको बताउदै यसको उन्मूलनको निमिक्त दलित मात्रै लागेर नहुने भन्दै गैरदलित समेत निरन्तर लागि पर्न अनुरोध गरेका छन् । नवराज र उनका साथिहरु मृत्यु भएको २ वर्ष पुग्दा समेत पीडितहरूले अझै पनि न्याय नपाएको कारण उनीहरूको न्यायको लागि पनि यो दिवस विशेष रहेको मोर्चाले जनाएको छ।


















