इन्धन मूल्यवृद्धिको विरोधमा देशब्यापी रुपमा प्रदर्शन

जेष्ठ ११ः  इन्धनको मूल्यवृद्धिको विरोधमा काठमाडौंमा प्रदर्शन तथा आयल निगमको कार्यालय घेराउ गरेका छन्।

विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन्। सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेपछि देशका मूल शहरहरूमा त्यसको विरोध भइरहेको छ।

एकपछि अर्को गर्दै नियमित रुपमा प्रयोग हुदै आएका पेट्रोलीयम पदार्थमा चर्को मूल्य बृद्धि भएसंगै देशब्यापी रुपमा बिरोध भएको छ , बिभिन्न राजनितिक दल र संगठनहरुले सरकारले मूल्य नघटाएर आन्दोलन थप चर्को बनाउदै लैजाने बताएका छन ।

आयल निगमले पछिल्लोपटक खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २०० रुपैयाँ र डिजेल पेट्रोल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ। विद्यार्थी संगठनहरूले मूल्यवृद्धि फिर्ता हुनैपर्ने बताउँदै आए पनि आयल निगम भने अझै घाटा पूर्ति भइ नसकेकोले इन्धनको मूल्य अझै बढ्न सक्ने बताउँदै आएको छ।