जेष्ठ १७ः नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझी तीस हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
जग्गाको हाल साविक गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले अमिन टेकबहादुर रायमाझीलाई ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
३० हजार घुस लिएका रायमाझीमाथि थप अनुसन्धान भइरहेको अख्तियार अनुसन्धान आयोग बुटवलले जनाएको छ । अनुसन्धान पछाडि आवश्यक कार्वाही गर्ने अख्तियारले जनाएको छ ।












