जेष्ठ १८ः पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन अर्थ मन्त्रालयले हिजोमात्रै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ ।
मंगलबार एक पत्र लेख्दै मन्त्रालयले उच्च मूल्य वृद्धिका कारण उपभोक्तामा पारेको प्रभाव केही न्यूनिकरणका लागि यसअघि पूर्वाधार शीर्षकमा उठाउँदै आएको डिजेल, पेट्रोल तथा मट्टितेलको प्रतिलिटर १० रुपैयाँ कर निर्देशन गरिएको छ।
गत हप्ता मात्र मन्त्रिपरिषदको निर्णयले पेट्रोलियम पदार्थको मूल्य घटाउन पूर्वाधार शीर्षकको कर घटाउन सकिनेगरी अर्थलाई सहमति दिएको थियो ।
पूर्वाधार कर हटाउन दिएको कर संगै अब पेट्रोलियम पदार्थको मूल्यमा उपभोक्तालाई राहत मिल्ने भएको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर अधिकतम १८० रुपैयाँ रहेको छ ।
११७ रुपैयामा निगमले खदिर गरि प्रतिलिटर १८० रुपैयामा बिक्री गरे संग देभब्यापी रुपमा बिरोध तथा प्रदर्शन भएको थियो, १८० प्रतिलिटर मूल्य राख्दा समेत निगम घाटामा रहेको निगमको भनाई छ।











