जेष्ठ १८ः जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा ढुङ्गा तथा बालुवा उत्खनन् गरिरहेका तीन वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ।

दिनहु जसो कालीगण्डकी किनारमा ढुङ्गा बालुवा उत्खनन् गरिरहने ध १ त ३५५, ध १ त २३७ र ध १ त ४५८ नम्बरको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिएको ट्याक्टर चालकलाई प्रहरीले बागलुङ नगरपालिकामा बुझाएको थियो। नगरपालिकाले ढुङ्गा बालुवा जफत गरेको छ। उनीहरुलाई ५ र ५ हजार जरिवाना गरिएको रानाको भनाई छ।
कालीगण्डकी किनारामा ढुङ्गा बालुवा उत्खनन् कार्यलाई हालसम्म पनी पूर्णरुपमा नियन्त्रण गर्न नसक्नु र लुकिछिपी यस्तो कार्य गर्नमान प्रोत्साहन गर्नेलाई कार्वाही गर्न नसक्नुले यो समस्या जस्ताको त्यस्तै रहेको स्थानीयको गुनासो छ ।











