जेष्ठ १८ः इलाका प्रहरी कार्यालय सुखड कैलालीबाट एक थुनुवा कैदी हतकडीसहित फरार भएको छ ।

जेठ १८ गते मेडिकलका लागि सुखडको घोडाघोडी अस्पतालबाट फर्कने क्रममा घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका छन् ।
जेठ १४ जेठ घोडाघोडी २ साडेपानीका कृष्ण पाण्डेय र प्रकाश शाहलाई लागुऔषधको मुद्दामा पक्राउ गरी थुनामा राखेको थियो । दुवैजनालाई मेडिकल जाँचका गरी स्थानीय घोडाघोडी अस्पतालबाट फर्कने क्रममा कृष्ण पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।
दुवैलाई जेठ १८ गते पेटको समस्या भन्दै उनीहरूलाई मेडिकलका लागि लगिएको थियो । अहिले फरार भएका थुनुवालाई खेजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायव उपरीक्षक जोशीले बताए।










