सस्तो सुनको प्रलोभनमा पर्दा चोरी भयो ३५ लाख

जेष्ठ १८ः लैनचौर स्थित ब्याडमिन्टन कोर्टबाट एक व्यापारीको ३५ लाख लुटपाट भएको छ ।

लैनचौर स्थित ब्याडमिन्टन कोर्टमा एक व्यापारीलाइ सस्तोमा सुन बिक्रीमा रहेको जानकारी गराउदै उनीहरुले नगद रु ३५ लाख चोरि गरेका हुन , १ किलो सुन किन्न बोलाएर उक्त समुहले व्यापारीलाई लुटेका हुन् ।

घटना भने जेष्ठ ८ गते भएको थियो उक्त घटनामा संलग्नहरु बारे प्रहरीले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धानको विषयमा भएका जानकारि मिडिमामा लैजान नमिल्ने बताएको छ ।

१० दिनसम्म घटनामा संलग्नहरु पक्राउ पर्न नसक्नुले घटना तोडमोड हुने होकि भन्ने पिरलो थपिएको पिडित ब्यापारीको गुनासो छ ।

सिसिटिभी फुटेजका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको