आगामी एक हप्तालाई तारा एयरले पोखरा–जोमसोम उडान नगर्ने

जेष्ठ १८ः तारा एयरलाइन्सले आगामी एक साता सम्मलाई पोखरा–जोमसोम उडान नगर्ने भएको छ ।

एक हप्ता उडान नगर्ने एयरलाइन्सको निर्णयसँगै पोखरा–मुस्ताङको टिकट पनि बन्द हुने एयरलाइन्सले बताएको छ, आज तारा एयरका सबै उडान स्थगित भएका छन् ।

मौसम विभागले इनरुटको मौसम नदिएपछि मौसम राम्रै भएपनि उडान रद्द गरिएको एयरलाइन्सले जनाएको छ ।

तर, जल तथा मौसम विभागले भने आन्तरिक उडानको लागि इनरुट मौसमी पुर्वानुमान गर्न नसक्ने बताएको छ । आज एक सुचना जारी गर्दै विभागले आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सुचना मात्रै दिँदै आएको उल्लेख गरेको छ।

सरकारले गत जेठ १५ गते विमान दुर्घटनापछि इनरुट सफा नभएसम्म उडान नगर्न निर्देशन दिएको छ।