जेष्ठ १९ः नेपालगञ्ज स्थित सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिक तोडफोड भएको छ ।

राजा वीरेन्द्रको सालिक राख्ने विषयमा विवाद हुँदा आक्रोशित राप्रपाका कार्यकर्ताहरूले सेतु विक चोकमा रहेको सहिद सेतुको सालिक तोडफोड गरेका हुन ।
सेतु विक चोकमा रहेको सहिद सेतु विकको सालिकको टाउकोको भाग फुटेको छ ,बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मधुसुधन न्यौपानेका अनुसार तोडफोड र झडपमा संलग्न राप्रपा ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
६२ , ६३ को जनआन्दोलनमा शहादत प्राप्त गर्ने शहीद मध्यको एक सेतु विकले २०६३ वैशाख ५ गते आन्दोलनको क्रममा नेपालगञ्जमा सहादत प्राप्त गरेकी थिइन् । छुवाछूतको चर्को दलनमा रहेकी विकलाई लोकतन्त्रको नारा र दोस्रो आन्दोलनको जनउभारले सडकतिर तानेको थियो ।
उनको स्मारक माथी तोडफोड भएसंगै दलित समुदाय र उनका योग्दान र बलिदालाई बुझेका हरुले सामाजिक संजालमार्फत घोर आपत्ति जनाउदै घटनामा संलग्न रहेका सबैलाई कडा कार्वाही गर्न माग गरेका छन ।










