जेठ १९ : नेपाल विद्युत प्राधिकरणले भारतलाई बिजुली बेच्न थालेको छ । बुधबार रातिबाट ३९ मेगावाट बिजुली ‘इन्डियन इनर्जी एक्स्चेन्ज’ (आईईएक्स) मा बेचेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको हो । आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ ।
पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको प्राधिकरणले जनाएको छ । प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७।७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो ।










