जेठ २२ : भारतमा पछिल्लो पटक कोरोना भाइरस संक्रमितको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् ।
यो गत ८ मार्चपछिकै सर्वाधिक तथ्यांक हो । त्यतिबेला ४ हजार ५७५ कोरोना संक्रमित भेटिएका थिए । यसअघि यही महिना कोरोना संक्रमितको संख्या ४ हजार नाघेको थियो । जुन २ मा ४ हजार ४१ जनालाई कोभिड देखिएको थियो ।
भारतमा शनिबार १५ जना कोरोना संक्रमितको मृत्यु भयो भने २ हजार ६१२ संक्रमित निको भए । हालसम्म भारतमा ४ करोड ३१ लाख संक्रमित भइसकेका छन् ।
यीमध्ये ४ करोड २६ लाख संक्रमित निको हुँदा ५ लाख २४ हजार मानिसले ज्यान गुमाए । अहिले उपचाररत संक्रमितको संख्या २२ हजार ६९१ रहेको छ ।











