पश्चिमा राष्ट्रहरूले युक्रेनलाई हतियार सहयोग गरिरहे आक्रमणलाई तीव्र बनाउने रुसको चेतावनी

जेठ २३ : पश्चिमा देशहरूले युक्रेनलाई लामो दूरीको हतियार उपलब्ध गराएको खण्डमा युक्रेनमाथि आक्रमण तीव्र बनाउने रुसले चेतावनी दिएको छ ।  रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले पश्चिमा राष्ट्रहरूले युक्रेनलाई लामो दूरीको हतियार सहयोग गरिरहेको आफूलाई प्रष्ट रुपमा जानकारी भएको समेत बताएका हुन्।

उनले हतियार आपूर्ति गर्न बन्द नगरे युक्रेन आक्रमणलाई थप विस्तार गर्ने चेतावनी दिएका छन् ।  रुसले स्थल र हवाई आक्रमण तीव्र पारेपछि पश्चिमा राष्ट्रहरूले युक्रेनलाई निरन्तर रुपमा हतियार सहयोग गरिरहेका छन् ।