जेष्ठ २३ः दक्षिणकाली नगरपालिकामा पर्ने फर्पिङको जंगलमा युवा-युवती मृत अवस्थामा भेटिएका छन्।

उपत्यका अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी बसन्त कुवरले सोमबार अपरान्ह १२ बजेतिर दुई युवा-युवतीको शव फेला परेको जानकारी दिएका छन। उनीहरुको शव घोप्टो परेको अवस्थामा भेटिएको हो ।
शव नजिकै विषादीको बट्टा पनि फेला परेको प्रहरीले जनाएको छ । तर, मृत्युको कारण भने खुलिसकेको छैन । शव हेर्दा अन्दाजी २० र २२ वर्षका युवायुवतीको रहेको र हाल पहिचान नभएको कुवरले जानकारी दिए ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थल पुगिसकेको छ ।
विष खाएर आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ।














