जेष्ठ २३: नेपाली सुनचाँदीको बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ।

सोमबार सुन प्रतितोला ९८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। भने चाँदी प्रतितोला १२ सय ९० रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन सुन प्रतितोला ९७ हजार नौ सय रूपैयाँ र चाँदी प्रतितोला १२ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला दुई सय रूपैयाँ र चाँदी प्रतितोला १५ रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस १८ सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको छ। पछिल्लो केही हप्ता देखि सुनचादीँको मूल्यदरमा खासै परिवर्तन आएको छैन ।














