आइतबारको विदा खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता

जेठ २३ : आइतबारको विदा खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दर्ता भएको छ। सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

यो निर्णय सहि नभएको भन्दै सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले सर्वोच्चमा रिट दर्ता गरेका छन् । यसका लागि अदालतले मंगलबार रिटको पेसी तोकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनमा हचुवाको भरमा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको जिकिर गरिएको छ ।