मन्त्रालयगत बजेटमा आज पनि छलफल हुने

जेठ २५:  प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेट माथिको छलफल आज पनि जारी छ । मन्त्रालयगत छलफलका लागि आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको हो ।

आज कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि छुट्याइएको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।