जेष्ठ २५ः आफ्नै सन्तानको कुनै आमाले ज्यान लिएको छन भन्ने तपाई हामी जो कसैलाई विश्वास लाग्दैन हामी सहजै भन्न सक्छौ कि कुन चाहीँ आमा बुवा त्यस्तो होस जस्ले आफै जन्मदिएको सन्तानको ज्यान लिन सकोस भनेर तर दाङमा एउटा यस्तै घटना घटेको छ ।
दाङएक राप्ती गाउँपालिका(३ मसुरीयामा नाबालिगले नवजात शिशुको हत्या गरेको स्वीकारेकी छन् । अविवाहित ती १५ वर्षीया नाबालिगले आज बिहान ४ बजे शिशुको हत्या गरेको स्विकार गरेकी हुन।
दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार शिशुकी आमाले नै आफ्नो बच्चा मृत भेटिएको खबर प्रहरीलाई गरेकी थिइन् । सुरूमा आफू बाहिर गएको बेला बच्चा हराएको र खोज्दा शौचालयको सेफ्टी ट्यांकीमा फेला पारेको उनले प्रहरीलाई बताएकी थिइन् ।
एसपी काफ्लेका अनुसार ती किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिशुको हत्या आफैंले गरेको साबिती बयान दिएकी छन् । बच्चा रोएपछि अरुले थाहा पाउलान् भनेर हत्या गरेको उनको स्वीकार छ ।
ती नाबालिगले आफ्नो प्रेमी गणेश घर्तीसँग बिहे गर्ने शर्तमा सहमतिमै शारीरिक सम्पर्क राखेको र जेठ ९ मा शिशुलाई जन्म दिएको बताएको प्रहरीको भनाइ छ ।
हाल प्रेमी गणेश भने रोजगारको सिलसिलामा जिल्ला बाहिर छन् । नाबालिक भएको कारण उनको नाम सार्वजनिक नगरिएको प्रहरीको भनाई छ।











