जसपाको धनुषा जिल्ला चुनावी समीक्षा बैठकमा माओवादीलाई भोट मागेको भन्दै झडप

जेष्ठ २५ः जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्लाको चुनावी समीक्षाको क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।

जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा हिजो बसेको समीक्षा बैठकमा जसपाका एक पक्षले माओवादीलाई मत दिएको आरोप लगाएपछि विवाद उत्पन्न भएर दुई पक्षको बीचमा कुटाकुट भएको थियो ।

जनकपुर स्थित एक होटलमा भएको समीक्षामा धनुषाको सवैला नगरपालिकाको विषय उठेको थियो सोहीँ क्रममा उक्त क्षेत्रमा काँग्रेस र जसपाबीच गठबन्धन भएको थियो । तर चुनाव माओवादी केन्द्रका उम्मेदवारले जितेपछि माओवादि केन्द्रलाई भोट मागेको आरोप लागेको हो।

सवैला नगरपालिका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले पार्टीका केन्द्रीय सदस्य साधु यादवले पार्टीलाई सहयोग नगरेर माओवादी केन्द्रका लागि मत मागेको आरोप लगाएका थिए ।

अध्यक्ष रायले बैठकमा भनेका थिए, ‘पार्टीकै जिम्मेवार व्यक्ति साधु यादवले आफ्नो उम्मेदवारका लागि मत नमागेर माओवादी केन्द्रका लागि मत मागेको प्रमाण मसँग छ, पार्टी यसमा तुरुन्त एक्सन लिनुपर्छ ।’

गठबन्धनको उम्मेदवार हार्नुमा आफ्नै पार्टीबाट अन्तर्घात भएको भन्दै यसको मुख्य दोषी साधु यादव भएको भन्नेवित्तिकै उनीमाथि कुटपिट भएको थियो । बैठकमा रहेका साधु यादव पक्षका कार्यकर्ताहरुले वैद्यनाथ यादवमाथि कुटपिट गर्न थालेपछि दुई पक्षबीच झडप भएको हो