चार दिनदेखि बेखबर बनेकी ७ वर्षिया ग्रीस्माको मकैबारीमा श’व भेटियो

जेष्ठ २५ः सुर्खेतमा चार दिनदेखि बेखबर बनेकी एक बालिकाको श’व मकै बारीमा फेला परेको छ ।

जिल्लाको गुर्भाकोट नगरपालिका–५ धारा पानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको श’व मकै बारीमा फेला परेको हो ।
नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी वि क सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार बालिकाको श’व उनकै घरदेखि एक सय मिटरको दुरीमा मङ्गलवार बिहान फेला परेको हो ।आफन्तले सुरुमा बालिका अन्य आफन्तको घर गएको हुनसक्ने अनुमान गरे पनि खोज्दै जाँदा नभेटिएपछि सोमबार मात्रै प्रहरीलाई खबर गरेको गुर्भाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लालबहादुर पुनले बताए ।

घटनाबारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ । बालिकाको मृ’त्युको कारण नखुलेपछि घटनामा संलग्न भएको आशङ्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।