जेष्ठ २५ः सुन्दर हरीजनको हत्यारालाई कार्वाहीको माग गर्दै काठमाण्डौंको सुन्धारा लगायत देशका विभिन्न शहरमा जातव्यवस्था उन्मूलनमोर्चाले दवाबमूलक विरोध प्रदर्शन कार्याक्रम गरेको छ ।

गत जेष्ठ ४ गते रोल्पा जेलमा मृत फेला परेका थिए सुन्दर हरीजन , हातहतियार र फिरौतीको आरोपमा तीनपटक जेल परिसकेका विजयविक्रम शाहलाई बाहिर निकालेर उनको नाममा नाबालक सुन्दर हरिजनलाई जेलमा राखिएको थियो ।
अभियुक्तलाई बाहिर निकाल्न नाबालक दलित युवाको जीवन बर्बाद बनाउन संलग्नहरुलाई दण्डित गर्न र पीडित परिवारलाई न्याय दिन मोर्चाले सरकारसँग माग गरेको छ ।

जातव्यवस्था उन्मूलनमोर्चाले गत हप्ता देखि निरन्तर रुपमा दवादमूलक कार्यक्रम गर्दै आईरहेको छ , पीडित परिवारको घरमा पुगेर घटनाको वास्विकता बुझेर आए संगै न्यायकको निमिक्त थप क्रियाशील हुदै आएको छ , नेपालको कुनैपनी राजनितीक दलले यस्ता विषयमा बोल्न नचाहनु लाजमर्दो रहेको मोर्चाका सचिव महावीर विश्वकमाले बताएका छन ।
यस घटनामा प्रहरी, सरकारी वकिल, अदालत प्रशासन र कारागारको समेत संलग्नता भएको भन्दै मोर्चाले विरोध गरेको हो , साथै जातकै आधारमा सुन्दरहरीजनको ज्यान लिएको घटनामा संलग्न दोषीलाई तत्काल कार्वाहीको माग गरेको छ ।
अवीरल पानी परिरहेको समयमा समेत न्यायको निमिक्त सडकमा ओर्लिएको उक्त मोर्चाले समाजको संरचना जातव्यवस्थामा आधारित रहेको र सुन्दरहरिजनको ज्यान जानुमा व्यवस्था दोषी रहेको बताउदै जातव्यवस्था बिरुद्ध संगठित हुन सबै न्यायप्रेमीलाई अनुरोध गरेको हो ।
संसदीय व्यवस्थाले दलालपूजीपतीको मात्रै प्रगति हुने भन्दै वैज्ञानीक समाजवाद स्थापनाको निमिक्त सबै गोलवद्ध हुनआवश्यक रहेको मोर्चाकाले बताएको छ।
देशब्यापी रुपमा कार्याक्रम गर्दै आएको मोर्चाले चार दिनदेखि बेखबर बनेकी ७ वर्षिया ग्रीस्माको मृत्युबारे तत्काल छानबिन गर्न समेत दबाद दिएको छ ।











