जेठ २९ः मकवानपुरको हेटौँडा उपमहानगरपालिका-९ मा शनिबार राति ग्यास बुलेट र मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ५५ वर्षीए ईश्वर तामाङ र २६ वर्षीया अमिना तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए, ईश्वर तामाङ र अमिना तामाङ एकै परिवारका बाबा छोरी हुन ।
उनका अनुसार बाराबाट हेटौँडातर्फ आउँदै गरेको भारतीय एनएल ०१ एल २९७१ नम्वरको ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ना ६१ प ४५९७ नम्वरको मोटरसाइकल लाई ठक्कर दिँदा बाबु छोरी नै सख्त घाइते भएका र उपचारका क्रममा हेटौँडा अस्पतलामा दुवैको मृत्यु भएको हो।











