जेष्ठ २९ः गुल्मीमा पत्नीलाई बलात्कार गरेको आरोपमा एक पुरुष (श्रीमान) पक्राउ परेका छन् ।
मदाने गाउँपालिका–४ निवासी २४ वर्षीय महिलाले आफ्नै पतिविरुद्ध शनिबार जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी दिएकी हुन् ।
डर–धाक, धम्की देखाई पटक पटक आफ्नो ईच्छा विपरीत यौन सम्पर्क गर्ने गरेका आफ्नै श्रीमान विरुद्ध उनले जाहेरी दिएकी हुन जिल्लामा श्रीमान बिरुद्ध वैवाहिक जवर्जस्ती करणी मुद्दा परेको यो नै पहिलो घटना हो ।
प्रहरीका अनुसार ती महिलाले आफ्नो जाहेरीमा आफुमाथी श्रीमानले ईक्षा बिपरित पटक पटक यौन शोषण गरेको उल्लेख गरेकी छिन् , उनको जाहेरीको आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको प्रहरी श्रोतले जनाएको छ ।
उनले दिएको जाहेरीका आधारमा प्रहरीले निजका पतिलाई नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय पुर्कोटदहले पीडित महिलाको उजुरीका आधारमा ती पुरुषलाई पक्राउ गरी अनुसन्धान गरिरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । स्थानीयवासीका अनुसार उनीहरुको २०६८ सालमा विवाह भएको हो । सो दम्पतीका दुई सन्तान छन् । उनको जाहेरीका आधारमा वैवाहिक जवर्जस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको डिएसपी खरेलले बताए ।











