जेष्ठ २९ः आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडी आई सिरिजअन्तर्गत नेपाल र अमेरिका बीचको खेल बराबरीमा सकिएको छ ।
यसै सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो खेलमा ओमानसँग हार बेहोरेको थियो । सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली अमेरिकाविरुद्ध सानदार ब्याटिङ गरे पनि नेपालले जित पाउन सकेन ।
नेपालले जितका लागि २ सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ७४ रन बनायो र नतिजा टाइट भयो । अमेरिकालाई जितका लागि अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा पहिलोपटक वानडे अन्तर्राष्ट्रियमा खेलिरहेका आदिल अन्सारीले पाँच रन खर्चिंदै अमेरिकालाई रोकेका थिए ।
आदिलले पाँचौं बलमा आरोन जोन्सलाई रोहित पौडेलद्वारा क्याच आउट गराए । जोन्स २६ रनमा पभेलिएन फर्कनुपरेको थियो । अन्तिम बलमा २ रनको आवश्यक भएको अवस्थामा एक रन लिएर स्कोर बराबरी ग¥यो । तर, अर्को विजयी रन लिने क्रममा राहुल जरिवाला रन आउट भए र नेपालले नाटकीय रूपमा अंक खोस्न सफल भयो ।
अमेरिकाको ब्याटिङमा स्टिभन टेलरले सर्वाधिक १ सय १४ रनको शतकीय इनिङ खेले । उनको यो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक समेत हो ।उनी ओडिआईमा शतक प्रहार गर्ने चौथो अमेरिकी खेलाडी बने ।
अमेरिकाको ओडीआईको इतिहासमा यो पाँचौं शतक हो । दोस्रो विकेटका लागि कप्तान मोनांक पटेल र टेलरले २ सय रनको शतकीय साझेदारी गर्दै अमेरिकालाई जित नजिक पु¥याएका थिए । पटेल ८५ रनमा ४२औं ओभरको तेस्रो बलमा आउट भएका थिए । उनलाई नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै दोहोरो शतकीय साझेदारी तोडेका थिए ।
यसपछि, ४४औं ओभरमा आदिलको पाँचांै बलमा ठूलो सट खेल्ने धुनमा टेलर सन्दीपबाट क्याच आउट भए ।आदिलले यो विकेटसँगै पहिलो खेलमै आफूलाई स्थापित गरे । उनले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीप र सोमपाल कामीले १–१ विकेट हासिल गरेका थिए ।









