सर्वोच्च प्रवेशमा पत्रकारलाई समेत अवरोध , सुरक्षा व्यवस्था निकै कडा

कार्तिक १०, काठमाडौं

पत्रकारहरुलाई सर्वोच्च प्रशासनले सर्वोच्च अदालत प्रवेशमा अवरोध गरेको छ । समाचार संकलनमा जाने पत्रकारहरूलाई सर्वोच्च प्रवेशमा रोक लगाइएको हो

यतिबेला प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि चौतर्फी दबाब भइरहेका सर्वोच्च अदालतमा सुरक्षा व्यवस्थामा कडाइ पारिएको छ ।

स्रोतका अनुसार समाचार संकलन गर्न गएका पत्रकारहरुलाई बुधबार बसेको एक मात्र इजलासमा प्रवेश गर्न नदिएको बताइएको छ ।

सुरक्षाकर्मीहरुले समचार संकलनका लागी पुगेका पत्रकारहरुलाइ कागजपत्र पुगेन वा यो परिचयपत्रले हुँदैन जस्ता वहाना खोजेर सञ्चारकर्मीहरुलाई अवरोध गर्ने गरेका छन् ।

यसअघि भने पत्रकारहरू सोहीँ पास देखाएर नियमित समाचार संकलनमा गइरहेका थिए।

प्रधानन्यायाधीशको राजीनामा माग गर्ने न्यायाधीशहरु आन्तरिक छलफलमा जुटेका बेला जबराले आफ्नो एकल इजलासमा पाँच मुद्दामा सुनुवाइ गरेका थिए ।