परिवारको आर्थिक लेनदेन नमिलेपछि ५ वर्षको बालक अपहरण नगद बुझाएपछि मात्रै मुक्त

काठमाण्डौं कार्तिक १० ,
कपिलबस्तुको शुद्धोदन गाँउपालीका ३ गुलरीकका पाँच वर्षीय बालक सलमान खान डफाली अरुको आर्थिक कारोबारमा अपहरणमा परेका हुन , आर्थिक लेनदेन र अपहरण गर्दा लागेको पैसा लेनदनमा विवाद आएपछि बालक लाई योजनाबद्धरुपमा अपहरण गरिएको थियो ।

घरमा कोही नभएको मौका पारेर परिवारको लेनदेनमा बालक लाई अपहरण गरिएको थियो ।
परिवारले अपहरणकारिको समुहलाई रकम बुझाएपछि मात्र कपिलवस्तुका अपहरित बालक मुक्त भएका छन् ।

अपहरण गर्ने भारतीय नागरिकलाई तिर्नुपर्ने दुई लाख १० हजार भारु सहित ६ लाख रुपैयाँ बुझाएपछि बालकको सकुशल उद्धार भएको स्रोतले बताएको छ ।

शुद्धोदन गाउँपालिका ३ गुलरीक पाँच वर्षीय बालक सलमान खान डफाली मंगलबार दिउँसो १ बजे अपहरणमा परेका थिए । प्रहरीमा दिएको जाहेरीअनुसार भारतको सिद्धार्थ नगर जिल्ला अलिगडवा बस्ने मौफुस मुसलमानले बालकको परिवारसँग लेनदेनको विषयलाई लिएर अपहरण गरेका थिए ।

घरमा कोही नभएको अवस्थामा बालकलाई भेटी पसलमा पान लिन पठाउने क्रममा अपहरण भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारतीय प्रहरीको सहयोगमा बुधवार राति पौने ३ बजे बालकको उद्धार गरी परिवारलाई बुझाएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।