अन्तत तीन वर्ष लम्बियो अब्बदुल्लाह अल्मुताइरीको नपाल बसाँई एन्फा सँग सम्झौता नवीकरण

काठमाडौँ कार्तिक  १०

नेपाली राष्ट्रिय फुटबल टिम (पुरुष) का मुख्य प्रशिक्षक अब्बदुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग सम्झौता नवीकरण गरेका छन् ।

एन्फासँग तीन वर्षका लागि नयाँ सम्झौता गरेको अल्मुताइरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका हुन् ।

‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार फुटबल संघसँगको छलफलपछि मैले नयाँ सम्झौता गर्ने निर्णय गरेको कुरा उनले लेखेका छन । साथै आगामी थप नयाँ र उत्साहपूर्ण भएको उनको भनाई छ।

नयाँ लक्ष्य र योजना बनाएर सार्वजनिक गरिने उनले सामाजीक संजालमार्फत जानकारि बाडेका हुन । नेपाली फुटबलको भविष्य सुन्दर छ । तर, लक्ष्यमा पुग्नका लागि केही समय लाग्छ ।

त्यतिन्जेलका लागि सबै जनामा धैर्य आवश्यक छ,’ गत महिना नेपाललाई मालेमा सम्पन्‍न साफ च्याम्पियनसिपको फाइनल पुर्‍याएका अल्मुताइरीले भनेका छन् ।

आफूप्रति अत्यन्तै माया र स्नेह देखाएको भन्दै अल्मुताइरीले समर्थकलाई धन्यवाद पनि दिएका छन् । अल्मुताइरी गत चैतमा नेपालको प्रशिक्षकमा नियुक्त भएका थिए ।