साफ उपविजेता फुटबल टोली लाई कांग्रेसले गर्यो सम्मान

काठमाडौं कार्तिक १०

माल्दिभ्समा आयोजना भएको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सम्मानित भएको छ ।

नेपाली कांग्रेस तरुण विभाग केन्द्रीय समितिले बुधबार साफ उपविजेता टोलीका खेलाडी र प्रशिक्षकहरूलाई नगदसहित सम्मान गरेको हो ।

नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले नेपाली टोलीका खेलाडी र पदाधिकारीलाई सम्मानित गरे । उनीहरूलाई दिइएको नगद पुरस्कार कति हो भनी खुलाइएको भने छैन ।

यसअघि सरकारले उपविजेता टोलीका खेलाडीलाई जनही ५ तथा पदाधिकारीलाई जनही ३ लाख दिने निर्णय गरेको थियो ।

मालेमा असोज ३० गते राति भएको फाइनलमा नेपाल भारतसँग ३-0 ले पराजित भएको थियो । फाइनलमा पराजित भएपछि उपाधि जित्नबाट बन्चित भए पनि यो नेपाली फुटबलका लागि यो ऐतिहासिक उपलब्धि थियो ।