बागमती प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा राजेन्द्र पाण्डे


काठमाण्डौं कार्तिक ११ :

एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिए पछि मुख्यमन्त्री बिहिन बनेको बागमती प्रदेशको मुख्य मन्त्रीको रुपमा अन्तत : तस्रो मुख्यमन्त्रीको रुपमा नेकपा एकीकृत (समाजवादी) दलका नेता राजेन्द्र पाण्डे आउने भएका छन ।

अष्टलक्ष्मी शाक्यले विश्वासको मत नआउने सम्भावना देखेपछि हिजो मात्रै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएकी थिईन ।

नेता राजेन्द्र पाण्डेले प्रदेश प्रमुखको कार्यालयमा बहुमत सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीका लागि बुधबार दाबी पेस गरिसकेका छन् ।

उनी दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बन्ने भएका हुन् । उनलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको समर्थन छ ।

उनलाई समर्थन गर्ने सांसदको संख्या ५९ हो । तर, बहुमतका लागि आवश्यक सांसद संख्या ५५ हो ।

एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि पाण्डेको मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन ।