सर्वोच्च अदालत बाहिर दुई वकिलबीच कुटाकुट

काठमाण्डौ, कार्तिक १२

नेपाल बारको परिसरमा कानुन व्यवसायीहरु बिच नै हात हालाहाल भएको छ , न्यायालयमा देखिएको विवाद दुई कानुन व्यवसायीबीच कुटाकुटसम्मको अवस्थामा पुगेको छ ।

नेपाल बार एशोसिएसनकै परिसरमा दुई जना वकिलबीच विवाद हुँदा कुटाकुटको अवस्थासम्म पुगेको हो ।

शुक्रबार भूमिनन्द चुडाल र विराट न्यौपाने एक आपसमा भिडेका थिए । इजलास बहिष्कारको विषयमा दुई कानुन व्यवसायीबीच विवाद भएको प्रत्यक्षदर्शी कानुन व्यवसायीले बताएका छन् ।

न्यायालयमा समेत कानुन व्यवसागी बिचमा देखिएको यो हर्कत निकै लज्जासपद रहेको भन्दै सामाजीक संजालमा चर्को आलोचना भएको छ । भिडियोमा दुबै जनाले एक अर्काप्रति उफ्रि उफ्रि मुक्की लाटी हानाहान गरेको स्पष्ट देख्न सकिन्छ ।

भिडियो सहित हेनुर्सहोस् https://fb.watch/8Xssf2LLoT/