काठमाण्डौ,कार्तिक १२
चितवन, भरतपुर ४, दूर्गा मन्दिरमा भएको पुजाआजाको विषयलाई लिएर समाजमा केहि सञ्चारमाध्यम र केही ब्यक्तिहरुले सामाजीक संजालमा भ्रम फैलाउदै समाज भट्काउको बाटोमा लैजान लागेको भन्दै सत्यतथ्य बुझेर मात्र समचार सम्प्रेशन गर्न पण्डित दिनबन्धु पोखरेल ले सामाजीक संजाल मार्फत आग्रह गर्नु भएको छ ।
दूर्गा मन्दिरमा भएको सामूहिक पूजा एवम् सद्भाव सभामाका बारे केहि गुनासो भएको खण्डमा , दिवंगत भीमबहादुर विश्वकर्माको परिवार तथा प्रमुख जिल्ला अधिकारी लगायत अन्य प्रशासकीय प्रमुख सँग घटना सम्बन्धि जानकारी यथार्थ बुझेर लेख्न समेत उहाँले आग्रह गर्नुभएको छ ।
कार्यक्रमा दूर्गा मन्दिर व्यवस्थापन समिति तथा दूर्गा टोल विकास संस्थाको आयोजना एवम् विश्व ॐकार महासंघको तत्वाबधानमा हजारौं स्थानीयको समुपस्थितिमा शिल्पी समुदाय (कथित दलित) ( गैर शिल्पी )कथित गैर(दलित) सामूहिक रुपमा पुजा भएको र काहि कतै विभेदको गन्धसम्म नरहेको उहाँको जिकिर छ ।
उक्त पूजा एवम् सद्भाव सभामा उपस्थित सबैबाट मन्दिर र समाजमा कुनै पनि विभेदिकरण नभएको र समाजमा एकता भएको सन्देश प्रवाह गरेको कुरा उहाँले आफ्नो स्ट्याटस मार्फत लेख्नुभएको छ ।
स्थानीय कोपिला परियार र पूजारी होमनाथ पोखरेलको हातबाट सबै समुदायले टीका ग्रहण गरेको मन्दिरमा ०६४ सालदेखि बली दिने कार्य बन्द गरेको र मन्दिरमा कहिल्यै पनि विभेद नभएको मन्दिर समिति, पूजारी लगायत सबै स्थानीयबाट स्पष्टोक्ति भएको उहाँको भनाई छ ।
दिनबन्धु पोखरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य माननीय सुन्दर पुरकोटी, विश्व ॐकार महासंघका अध्यक्ष प्रेमलाल महर्जन, वडाध्यक्ष हरि आचार्य लगायतका बिशिष्ट ब्यक्तिको उपस्थिती रहको थियो ,
साथै दिवंगत भीमबहादुर विश्वकर्माको हत्यामा संलग्न द्वय मन्दिर समितिमा आवद्ध नभएको जानकारी गराउदै हत्यारालाई हदैसम्मको कारबाही गर्नुपर्ने र पीडित पक्षलाई पीडक पक्षबाट नै क्षतिपूर्ति सहित राज्यबाट समुचित राहत दिनुपर्ने क्रामा सामूहिक माग गरेको उहाँले बताउनुभएको छ ।