प्रधानन्यायाधीशको राजीनामा माग गर्दै हातमा कालोपट्टी बाडेर विरोध

काठमाण्डौ, कार्तिक १४

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सवोच्चमा वकिलहरुले धर्ना बसेका छन , न्यायालयको गरिमा कायम राख्न नसक्ने विवादित प्रधानन्यायाधीश राजीनामा देऊ’ जस्ता नारा लेखिएको ब्यानर बोकेर केही बरिष्ठ अधिवक्तासहित वकिलहरू धर्नामा बसेका हुन्।

बारले विरोध कार्यक्रम कात्तिक १७ गतेसम्म जारी रहने समेत जनाएको छ। वकिलहरूले आज हातमा कालोपट्टीसमेत बाँधेर विरोधमा उत्रीएका हुन ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले भने आज पनि इजलास तोकेका छन्। विवादमा मुछिएका उनले निकास दिनु पर्ने भन्दै गत सर्वोच्चका अरू न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका थिए।

मन्त्रिपरिषदमा भागबन्डा खोजेको, न्यायालय सुधारमा अवरोध गरेको लगायत विषयमा अहिले प्रधानन्यायाधीश राणाको आलोचना भइरहेको छ। सर्वोच्चमा उनीबाहेक सबै न्यायाधीश एकातिर भएका छन्।