नेपाल विउ ,व्ययसायी सघंको तेस्रो अधिवेशन तथा छैठौ साधरण सभा सम्पन्न ,अध्यक्षमा नाराणन प्रसाद भण्डारी

नेपाल विउ , विषादी सघंको तेस्रो अधिवेशन तथा छैठौ साधरण सभा एक विशेष कार्यक्रमको साथ सम्पन्न भएको छ ।

कृषि ज्ञान केन्द्र ललितपुरका कृषि प्रसार अधिकृत बुद्धि कुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संस्थाका बाग्मती प्रदेश केन्द्रिय अध्यक्ष मनीदेव भट्टराईको विशिष्ट आतिथ्यता रहेको उक्त साधरण सभामा क्रमश : पहिलो चरणमा साधरणसभा , दोस्रो चरणमा बन्दसत्र र तेस्रो चरणमा जिल्ला अधिवेशण गरि तीन खण्डमा कायक्रम सम्पन्न गरिएको थियो ।

तेस्रा चरणमा सचिव पुष्प प्रसाद घिमिरेले वार्षिक प्रतिबेदन प्रस्तुत गर्दै निकै छोटो समयमा संस्थाले उल्लेखनीय प्रगति गर्न सकेको बताउनु भएको थियो ।

नेपाल एक कृषि प्रधान देश भएको र ६६ प्रतिशत जनसंख्या कृषि पेशामा निर्भर रहेकोले देशमा ३५ प्रतिशत कूल ग्रास्थ उत्पादन समेत कृषि बाटै भएको भन्दै संस्थाले निकट समयमै कृषि उत्पादनको बद्धि गरि खाधान्नको आयातमा प्रतिस्थापन गर्ने उदेश्य रहेको कार्यक्रमा बोल्ने वक्ताले स्पष्ट पारेका हुन ।

त्यसैगरी सघंको तेस्रो अधिवेशन तथा छैठौ साधरण सभाले नाराणन प्रसाद भण्डारीको अध्यक्षतामा ११ कार्य समिती चयन गरेको छ , संस्थाको उपाध्यक्षमा नेत्र बहादुर चौधरी , सचिव पुष्प प्रसाद घिमिरे, सहसचिव सक्कल थापा र कोषाध्यक्षमा मोहनलाल कर्मचार्य चयन भएका हुन ।

साथै संस्थाका कार्यसमिति सदस्यमा क्रमश: शैलेन्द्र श्रेष्ठ, भूपेश जोशी, गंगा देसार , लोकराज दुलाल र प्रबिण शाह चयन भएका हुन ।

नयाँ कार्यसमिती लाई सफल कार्यकालको शुभकामना तथा बधाई दिदै कार्यक्रमका प्रमुख अतिथी बुद्धि कुमार श्रेष्ठले नयाँ चयन भएको समिती माथी आफ्नो ठुलो विश्वास रहेको र कृषि क्रान्तिमा छोटो समयमा निकै आसलाग्दो लाभ गर्न सक्नेमा आफु विश्वस्थ रहेको बताउनु भएको छ।

कार्यक्रम ललितपुर स्थित लगनखेलमा सम्पन्न भएको थियो, संस्थाले आगामी दिनमा व्यवसायीलाई व्यवसायीक क्षमता अभिवद्धी गर्न तालीमको व्यवस्था गर्ने, बीउको प्रतिस्थापन दर बढाउने , स्वदेशी उत्पादन लाई जोड दिने स्वच्छ व्ययसायीक वातावरण निर्माण गर्ने जस्ता भावी कार्ययोजना राखेको समेत स्पष्ट पार्नु भएको छ ।