काठमाडौं कार्तिक १७: नयाँ पार्टी गठनसँगै संगठन निर्माणमा जुटेको नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ । बुधबार दिउँसो २ बजे बस्नेगरी सचिवालय बैठक बोलाएको महासचिव डा.बेदुराम भुसालले जानकारी दिए ।
उनका अनुसार पार्टीले संगठन विस्तार अभियान जारी राखेकाले सोही विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
बैठक पार्टी कार्यालय वा अन्य ठाउँमा बस्ने भन्ने टुंगो लागि नसकेको नेताहरुले बताएका छन् । सो पार्टीले केन्द्र, प्रदेश जिल्ला हुदै पालिका, वडा र टोलसम्म पार्टी कमिटी विस्तार गरिरहेको छ ।
‘संगठन विस्तार अभियान अन्र्तगत हामीले प्रदेश, जिल्ला र विभिन्न विभागहरुलाई पूर्णता दिइसकेका छौ, अहिलेसम्म ५० प्रतिशत पालिका गठन भएका छन्’, महासचिव भुसालले भने, ‘वडा कमिटीहरु पनि धमाधम गठन भइरहेका छन्, छिटै पूर्णता दिने तयारी छ ।