काठमाण्डौ, कार्तिक १७:
नेपाल बार एसोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर पहिलो चरणको अन्तिम दिन सर्वोच्च अदालत परिसरमा प्रदर्शन गरेका हुन् ।
प्रधानन्यायाधीश जबराले पदबाट राजीनामा नदिएसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने बताएका उनीहरुले पहिलो चरण अन्तर्गत अन्तिम दिनको कार्यक्रम बुधबार पनि जारी राखेका हुन् ।
बारले प्रधान्यायाधीशलाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटम बुधबार सकिन लागेको हो । प्रधानन्यायाधीले राजीनामा दिने भन्दा पनि सम्मानजनक बहिर्गमनको प्रस्ताव अघि बढाएका छन् ।
यता, स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरुको एक समूहले बारले अदालतभित्र राजनीति छिराएको र न्यायाधीशहरुले मुद्दा नहेर्नु मानवता विरुद्धको काम भएको आरोप लगाउँदै आएको छ ।
उक्त स्वतन्त्र समूहबाट भूमिनन्द चुँडाल, स्वागत नेपाललगायतले सर्वोच्च न्यायालयमा देखिएको हिंसात्मक गतिविधि र न्यायाधीशहरुको लगातारको बहिस्कारले पीडित पक्षहरु मर्कामा परेको बताउँदै आएका छन् । कानूनविपरित सेटिङ मिलाउने बारले प्रधानन्यायाधीशको राजीनामा माग्न नमिल्ने उनीहरुको भनाइ छ ।