कालोपट्टी बाँधेर धर्नामा धर्नामा कानुनब्यवसायी, दोस्रो चरणको आन्दोलनको स्वरुप कस्तो होला

काठमाडौं, कार्तिक २२

नेपाल बार एशोसिएसन परिसरमा प्रधानन्याधीश चोलेन्द्रशमशेर जबराले पद बाट राजीनामा नदिएपछि बारमा आज पनि कालोपट्टी बाँधेर वकिलहरुले धर्ना दिएका छन,

नेपाल बारको आग्रहमा कानुन व्यवसायीहरुले सर्वोच्च बार परिसरमा धर्ना दिइरहेका छन्। धर्नामा सयौँको संख्यामा कानुन व्यवसायीहरु धर्नामा बसेका छन्।

बारले प्रधानन्यायाधीश जबरालाई राजीनामाका लागि अल्टिमेटम सहित तिहारअघि पहिलो चरणको धर्नाको कार्यक्रममै घोषणा गरेको थियो।

बारले राजीनामा बटमलाइन भएको भन्दै दोस्रो चरणको आन्दोलनको तयारी गरिरहेको छ । बारले दोस्रो चरणमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको बताएको छ।

आन्दोलनको स्वरूपबारे बारका देशभरका इकाईसँग छलफल भइरहेको बारले जानकारी दिएको छ।