कोरिया जान कुरेर बसेकालाई खुशीको खबर कोरियाले हटायो लामो प्रतिबन्ध

काठमाडौं,कार्तिक २१
निरन्त रुपमा २० महिनादेखि अन्योलमा रहेको कोरिया रोजगारी अब भने खुल्ने कुराले कोरिया पास गरेर बसेका नेपाली यूवामा खुशी थपेको छ ।

कोरोनाका कारण २० महिनादेखि रोजगार अनुमति प्रणाली (इपिएस)बाट नयाँ कामदार लान बन्द गरेको कोरियाले अब खुल्ला गर्ने भएको छ।

कोरिया सरकारले केही दिन अगाडी सूचना जारी गर्दै इपिएसमार्फत दक्षिण कोरिया जाने गरेका नेपालसहित १६ वटै देशका कामदार लिन नोभेम्बर अन्तिम साता सुरु गर्ने जनाएको छ।

यता नेपालबाट भने पाच वर्षे अवधि सकेर नेपाल आएका तर पुणह जान पाउने कामदार कोरियाले लैजान थालेको छ । कोरोना महामारी कम भएसँगै कोरियाले कामदार लैजान सुरु गरेको वैदेशिक रोजगार विभागका इपिएस शाखा प्रमुख सुरेश राउतले जानकारि दिनुभएको छ ।
१० कात्तिकमा पहिलो चरणमा कमिटेड ४८ जना कामदार कोरिया गइसकेका छन्।

इपिएस मार्फत हरेक वर्ष ५० हजारभन्दा बढी कामदार दक्षिण कोरिया जाने गरेकामा कोरोना महामारी सुरु भएपछि रोकिएको थियो।

नेपालबाट करिब १० हजार कामदार कोरिया जाने पर्खाइमा छन्।

पहिलो चरणमा ४८ जना पठाइएको छ। अब ७१ जनालाई एकै चरणमा पठाउने तयारी भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेले बताए।

विश्वभर फैलिएको कोरोनाका कारण लामो समयदेखि कोरिया रोजगारी अनिश्चित जस्तै बनेको थियो।

कोरोेना फैलिएसँगै कोरियाले खोप, क्वारेन्टाइन लगायत बन्देज लगाउँदै आएको थियो।

कमिटेड कामदार पठाएसँगै कोरिया सरकारको मागअनुसार इपिएस पास गरेर बसेकालाई पठाउने विभागको तयारी छ।

दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी भएको छ, भने, ‘दोस्रो सातासम्ममा सबै कामदार पठाउने तयारी रहेको विभागको जानकारि छ।