ओरालो लाग्दै सुनको मूल्य , आज फेरि घट्यो

काठमाडौं, २३ कार्तिक । नेपाली बजारमा सुनको मूल्यमा पछिलो केही दिन यता निकै बिचलन आईरहेको छ विशेषत चाडपर्वको समयमा सुनचादीँको मुल्य निक्कै अस्थिर रहने गर्दछ ।

आज (मंगलबार)  नेपाली बजारमा सुनको भाउ फेरि घटेको छ । सोमबार प्रतितोला ९२ हजार ५ सयमा कारोबार भएको सुनको मुल्य आज प्रतितोला २ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघको अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

त्यस्तै, तेजाबी सुनको मुल्य आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा खरिद विक्रि भैरहेको छ ।

यसैगरी, चाँदीको मुल्य भने आज स्थिर रहेको छ । आज (मंगलबार) चाँदी प्रतितोला १२ सय ५० रुपैयाँमा किनबेच भैरहेको महासंघले जनाएको छ ।