सन्दर्भटूडेका समचार प्रमुख श्रीपालीको कोठा बाट जिन्सी सहित नगद चोरि

कार्तिक २३ काठमाडौं:
म्याग्दीचोक स्थित जसिन्द्र श्रीपालीको कोठा बाट आज दिउसो २ः ३० बजे जिन्सी सामान सहित नगद रु २० हजार चोरी भएको छ ।

श्रीपालीका अनुसार आफु छडमा कपडा सुकाउन गएको र पर्केर आउदा करिब ५ मिनेटको अन्तरमा डेढ लाख बराबरको चोरि भएको बताएका छन ।

पत्रकार श्रीपालीको कोठा बाट २ थान करिब ४१ हजार बराबरको र १ थान १५ हजारको गरेर तीन थान मोबाईल, र करिब ७० हजार पर्ने क्यानोन क्यामरा चोरि भएको हो, साथै जकेटको खोल्टी च्यातेर नगद रु २० हजार रुपैया चोरी भएको जानकारि दिएका छन ।

दुई वटा कोठा मध्ये किचनमा केहि नगरेको र अर्को कोठा बाट एउटा कालो ब्याग सहित ब्याग भित्रका महत्पवूण कागजात सबै चोरि भएको उहाँको भाई बिप्पण श्रीपालीले बताएका हुन ।

आफुहरुले महानगरिय प्रहरी प्रभाग नयाँ बसपार्कमा उजुरी गरिसकेको र चाडो भन्दा चाडो चोरिमा संलग्न ब्यक्ति खोजी गर्न आग्रह गरेको बताउनु भएको छ ।

हाल श्रीपाली संग कुनै पनी माध्यम नभएकोले आफु कसैको सम्पर्कमा आउन नसकेको बताएका छन । मोबाईल र क्यामरामा महत्पवूण कागजात भएकोले बाकीँ सामान प्राप्त गर्न नसकेनी अत्यावश्यक डकुमेन्ट पाउने अपेक्षा रहेको उनले बताएका छन ।