मोरङ कारागार भित्रै कैन्दीहरु बीच झडप

कार्तिक २३, काठमाडौं । जिल्ला कारागार मोरङमा कैदी बन्दीहरु बीच झडप भएको छ ।

आ- आफ्नो हुल बानेर बसेका दुई समूहको बीचमा खानाको विषयलाई लिएर झडप भएको थियो, झडपमा करिव आधा दर्जन घाइते भएका छन् ।

घाईतेहरुको अवस्था सामान्य रहेको छ, केही बेरमै प्रहरि प्रसाशनले उक्त झडप नियन्त्रणमा लिएपछि घटनाले ठुलो रुप लिन नपाएको प्रहरि उपरिक्षक को भनाई छ ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले झडपको पुष्टि गरेका हुन ।