नेपाल बार परिसरबाट तारा बराल सहित ३ जना पक्राउ

कार्तिक, २३: प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्षमा प्रदर्शन गर्न नेपाल बार एसोसिएसनमा पुगेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

न्यायाधीस चोलेन्द्र शमशेरले राजीनामा दिन नहुने भन्दै नेपाल बारको परिसरमा गएर नारा लगाई रहेकी तारा बराल सहित ३ जनालाई प्रहरीले बारको परिसर बाटै पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले जानकारि दिएका हुन ।
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको बिरुद्धमा प्रदर्शन गरिरहेको बेला बराल समुहले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरेकोमा कानुन व्यवसायीहरुले आक्रोस पोखेका हुन।

बरालको समूह प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्न बार परिसरमा पुगेपछि सोही स्थानमा प्रहरीले उनीहरुलाई नियण्त्रण गरेको थियो ।