काठमाडौं २८: नेपाली बजारमा अस्थिर बनेको सुनको मूल्यमा आज फेरि मूल्य बृद्धि भएको छ , केहि दिन यता निरन्तर उकालो लागेको सुनको मूल्यमा आज आइतबारका दिन पनि सुनको मूल्य बढेको छ ।
गत शुक्रबार प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
गत शुक्रबार प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।