प्रस्तावित तीन राजदूतको सुनुवाइ हुँदै

काठमाडौं मंसिर ५ : प्रस्तावित तीन राजदूतको आज संसदिय सुनुवाइ हुँदैछ ।

संसदिय सुनुवाई समितिले आइतबार भारत, बेलायत र अमेरिकाका लागि सिफारिस भएका राजदूतहरुको सुनुवाइ गर्न लागेको हो ।

सरकारले भारतका लागि शंकर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीलाई राजदूतका लागि सिफारिस गरेको थियो ।

समितिमा प्रस्तावित राजदूतहरुका बारेमा परेको उजुरीका विषयमा छलफल हुनेछ ।