काठमाडौं मंसिर ९ , स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तिजन्य पदार्थ सेवन गर्नेको संख्या घटाउन सबैको पहल आवश्यक रहेको बताएका छन ।
उनले भने, ‘सूर्तिजन्य पदार्थको सेवनबाट वार्षिकरुपमा ठूलो संख्यामा मानिसको मृत्यु भएको जान्दाजान्दै पनि मानिसहरु यसको कुलतबाट बाहिर निस्कन सकिरहेका छैनन्। अब चिकित्सक तथा स्वास्थ्यकर्मीले कुनै डर सिर्जना गरेर भएपनि यसको सेवनलाई निरुत्साहित गर्नुपर्ने देखिन्छ।
सूर्तीजन्य पदार्थको नियन्त्रणका लागि बनेका ऐनलाई प्रभावकारी कार्यन्वयन गर्न जरुरी रहेको उनको भनाई छ ।
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनका लागि दुर्व्यसनमा लागेकाहरूका मनमा डर पैदा गर्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, ‘चुरोट सेवन नगराउनका लागि मान्छेलाई डराउने उपाय गराउने हो किरु डाक्टर कहाँ गएको बेला डाक्टरले के भनी दिनुपर्यो भने तिमीले आउँदो १० दिनभित्रमा चुरोट खान छोडिदिनुस् भनेपछि त चङ्गा चैट यदि ३५ प्रतिशत खराबीमात्रै छ भने पनि डाक्टरले डर देखाएर ९९ प्रतिशत खराब भइसक्यो भनेर डर देखाउने हो किरु यो मेरो सोझो दिमागमात्र हो ? यही गर्ने भन्ने चाहीँ होईन
स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सूर्तिजन्य पदार्थ नियन्त्रण नियमनका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताए।
उनले नसर्ने रोगको प्रकोप बढिरहेकाले यसलाई रोकथाम गर्नुपर्ने बताए। स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दिपेन्द्ररमण सिंहले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि भएका ऐन, कानुन कडाइसाथ लागू गर्न जरुरी रहेको बताए ।
शहिद गङ्गालाल हृदय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले सूर्तीजन्य पदार्थको सेवन गरेकाहरुमा हृदयघातको जोखिम रहने बताए। उनका अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको उल्लेख गर्दै हृदयघात हुने सबैभन्दा बढी सूर्तीजन्य पदार्थको सेवन गरेको युवा रहेको जानकारी दिए।
सबैभन्दा बढी हृदयघाट चुरोट सेवनबाट हुने गरेको डा। अधिकारी बताउँछन्। उनले भने, ‘चुरोटको सेवनमा युवा मात्र नभई युवतीहरु पनि निकै अघि रहेको देखिन्छ। चुरोटको सेवन गर्ने महिलामा पुरुषको तुलनामा झनै बढी जोखिम हुने भन्दै चुरोट सेवन गर्ने पुरुषमा हृदयघात हुने सम्भावना ८ गुणा बढी भएजस्तै महिलामा त्यो भन्दा धेरै १३ गुणा बढी हृदयघातको सम्भावना देखिन्छ।