विदेशी नागरिकमाथि लगायो इजरायलले १४ दिने प्रतिबन्ध

काठमाडौं,मंसिर १२ : एजेन्सी (कोभिड–१९ ) को नयाँ भेरियन्ट देखिएसँगै इजरायलले विदेशीको आगमनमा प्रतिबन्ध लगाएको छ । प्रधानमन्त्री नाफ्टाली बेनेटले सबै विदेशी नागरिकलाई इजरायल प्रवेशमा १४ दिने प्रतिबन्ध लगाएको बताए।

कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखापरेसँगै इजरायलले विदेशीलाई प्रवेशमा रोक लगाएको हो । यो भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको थियो ।

दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरू धेरै भेटिएपछि नयाँ भेरियन्टबारे जानकारी मिलेको थियो । अहिले यो भेरियन्ट युरोपका बेलायत, जर्मनी, इटालीसहित विभिन्न मुलुकमा फैलिरहेको छ ।

इजरायलले नोभेम्बरको सुरुमा विदेशी पर्यटकका लागि खोलेको थियो । नयाँ भेरियन्ट देखिएसँगै पुनः प्रतिबन्ध लगाइएको हो ।