काठमाडौं, मंसिर १३ : एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा घनश्याम भुसाल र भीम आचार्यले उपाध्यक्ष र सचिव पदको लागि उम्मेद्वारी दर्ता गराएका छन् । सोमबार बिहान १० बजे उपाध्यक्षमा भुसाल र सचिव पदमा आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
कोभिडका कारण आइसोलेसनमा रहेका आचार्यले पार्टीलाई एकतावद्ध बनाउन, निर्वाचनमा विजयी बनाउन र लोकतान्त्रिक पद्धतिको रक्षाका लागि उम्मेदवारी दर्ता गरेको बताएका छन्।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका रोकेर मध्यरातमा ३०१ केन्द्रीय सदस्यको नाम हलबाट अनुमोदन गराएका अध्यक्ष केपी ओलीले बिहान साढे ३ बजे १९ पदाधिकारी छानेपछि त्यसमा नपरेका रावलले अध्यक्ष, भुसालले उपाध्यक्ष र आचार्यले सचिव पदका लागि उम्मेद्वारी दर्ता गरेका हुन् ।