काठमाडौं मंसिर १५ : नेपाली समाजमा केहि समुदायमा अझैसम्म पनि छोरि मान्छे लाई रजस्वला हुन अगाडि नै बिवाह गरिदिए आफुले पुज्ने गरेका देवि देवता खुशी हुने भन्ने भ्रम जिवित नै छ । तर कम उमेरमा बिवाहा गर्दा किशोरीमा देखिने समस्या र चुनौतिका विषयमा ज्ञान नहुदा अझैसम्म पनि वर्षेनी दर्जनौ महिलाले अकालमा ज्यान गुमाउन परेको छ ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालयका अनुसार पहिलो पटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयूक्त हुन्छ । कानूनी रुपमा, विवाह गर्न महिला र पुरुष दुवैले कम्तीमा २० वर्ष नाघेको हुनुपर्दछ ।
गर्भावस्थामा कुपोषण र अन्य कारणले शिशुमा अपाङ्गता हुन सक्छ । गर्भावस्थामा नै शिशुको अपाङ्गता पहिचान गर्न सकिन्छ । गर्भावस्थामा पहिचान गर्न सकिने केही अपाङ्गताहरू डाउनसिन्ड्रोम, पैताला र हात बाँगिनु, बहिरोपन, मोतीविन्दु, ओठ काटिएको, मुटु सम्बन्धि समस्या हुन् । यस्ता अपाङ्गता पहिचान भई तुरुन्तै उपचार गरेर जटिल समस्या हुनबाट रोकथामका साथै उपचार गर्न सकिन्छ ।
गर्भावस्थामा हेरचाह र प्रसवको लागि तयारी
सबै दम्पतीले गर्भावस्थामा शिशुको स्वास्थ्य अवस्थाको बारेमा स्वास्थ्य संस्थामा गएर जानकारी लिनु पर्दछ । गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पुर्याउन र आउन सक्ने समस्याबाट जोगिन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नु पर्छ ।
शिशुको जन्म पूर्वनै योजना बनाउनुपर्छ र शिशुलाई चाहिने लुगा, कपडा (ओड्ने, बिछौना) , पैसाको जोहो गर्नुपर्छ । प्रसूतिकालागि गर्भवती महिलालाई स्वास्थ्य संस्थामा लैजानु पर्छ ।
यसरी शिशुको ख्याल राखेमा शिशु तन्दुरुष्ट हुने, मानसकि रुपमा समेत सक्षम हुने साथै यस किसिमको हेरचाहले आमाको स्वास्थमा समेत राम्रो हुने डाक्टरहरु बताउछन ।