स्वस्थ जीवन बाच्न अनेकौ अत्यावश्यक कुराहरु मध्ये एक निद्रा पनि हो ,भनिन्छ औसत दैनिक ७ देखि ८ घण्टा मस्त निदाउनुपर्छ । निन्द्रा औषधी समान हो । अर्थात शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ ।
स्वस्थ्य जीवनका लागि खाना जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । यसले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । शरीरका अंगहरुलाई विश्राम मिल्छ । जब हामी निदाउँछौ, केहि अंगले शरीरको विषाक्त पदार्थ बाहिर निकाल्छ । त्यसैले बिहान उठेपछि हल्का र फुर्तिलो अनुभव हुन्छ ।
तर, यदि राम्ररी निन्द्रा लाग्दैन वा पर्याप्त समय सुत्नु भएको छैन भने सावधान रहनुहोस् । त्यसले तपाईको शरीरमा अनेक रोगलाई निम्त्याइरहेको हुन्छ । यसरी निन्द्रा नपुगेपछि तपाईको दिनचर्या त प्रभावित हुन्छ नै, स्वास्थ्य पनि खराब हुन्छ ।
अनिन्द्रा भयानक समस्या हो, जो अनेक रोगको कारण बन्छ । खासगरी मधुमेह, उच्च रक्तचापदेखि तौल बढ्नेसम्मको खतरा हुन्छ ।
त्यस्तै एक अध्ययनमा पाइएको छ कि, पर्याप्त निन्द्रा नलिनेलाई छातीको क्यान्सर हुने भय हुन्छ । साथै शरीरको कोशिकामा पनि निकै असर पुग्छ ।
अनिन्द्रको सिकार भएका व्यक्तिहरु मानिसक रुपले पनि कमजोर पाइएको छ । उनीहरुको मस्तिष्क र भरपुर निन्द्रा लिनेको मस्तिष्कले गर्ने काममा पनि फरक पर्दछ ।
निद्रा किन जरुरी छ ?
– जब तपाईलाई निन्द्रा लाग्छ, तब शरीरका अंगहरु निस्क्रिय हुन थाल्छ । शिथिल हुन्छ । त्यसैले मस्त सुतेपछि पुन तपाईको शरीरमा नयाँ स्फूर्ति आउँछ ।
– सुतेको समयमा नयाँ कोशिका पैदा हुन्छ र एन्डी बडिज उत्पन्न हुन्छ ।
– निन्द्रा राम्ररी लागेन भने त्यसको असर स्वास्थ्य र सौन्दर्य दुबैमा पर्छ ।
कसरी पाउने त गहिरो निन्द्रा ?
– गहिरो निन्द्रा लागि सक्रिय दिनचर्या आवश्यक हुन्छ । शारीरिक गतिविधिलाई बढाउनुहोस् । घरको काम गर्ने, हिँड्ने, खेल्ने, व्यायाम गर्ने गतिविधि जारी राख्नुहोस् ।
– सुत्ने समय निश्चित गर्नुहोस् । सुत्नुअघि हल्का व्यायाम गर्नुहोस् ।
– बिहान चाडै उठ्ने प्रयास गरौं र मर्निङवाकमा निस्कने गरौं ।
– सिरानी धेरै अग्लो वा होचो हुनु हुँदैन । केवल चौडा सिरानी प्रयोग गर्नुपर्छ ।
– सुत्नसाथ निन्द्रा लाग्दैन भने केहि पढ्ने अभ्यास गर्नुहोस्, मधुर संगीत सुन्नुहोस् ।
– मन र मस्तिष्कलाई शान्त र एकाग्र बनाउने अभ्यास गर्नुहोस् । गहिरो सास लिने र छाड्ने प्रक्रिया दोहोर्याउनुहोस् ।
– निन्द्रकाको लागि कुनै औषधी सेवन गर्नु ठीक होइन । त्यसले प्राकृतिक निन्द्रा दिदैन । बरु टाउको दुख्ने र स्वास्थ्य सम्बन्धी अन्य समस्या निम्त्याउने खतरा हुन्छ ।
– चामल, आलु जस्ता भोजन रातको समयमा गर्नु उचित हुँदैन । म्यागनेसियमले भरपुर भोजन गर्नुहोस्, जसले गहिरो निन्द्रा लाग्छ ।
– सुत्नुअघि धेरै पानी पिउनु हुन्न । पटक(पटक पिसाब लाग्ने भएकाले निन्द्रा विथोलिन्छ ।
– खुट्टा पैतलामा तातो सरस्र्युको तेलले मसाज गर्नुहोस्, यसले पनि गहिरो निन्द्रा लाग्छ ।
– सुत्ने समयमा चिया, कफी, मादक पदार्थ सेवन नगरौ ।
– सुत्नुअघि सबै उपकरण बन्द गरौं, जस्तो कि मोवाइल, टिभी ।
– धेरै शारीरिक मिहेनत र कम तनाव नै गहिरो निन्द्राको अचुक प्राकृतिक तरिका हो ।