काठमाडौं,मंसिर १६ः कांग्रेसको केन्द्रीय निर्वाचन समितिले बिहीबारसम्म जिल्ला अधिवेशन नभएका १५ जिल्लाको अधिवेशन रोकेको हो। अब महाधिवेशन गरेपछि मात्रै ति जिल्लामा अधिवेशन हुने निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जनाएका छन्।
केन्द्रीय निर्वाचन समितिले जारी गरेको सूचनामा भनिएको छ, “नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकको निर्णयानुसार, नेपाली कांग्रेस १४औं महाधिवेशन अन्तर्गत आजका मितिसम्म जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूको जिल्ला कार्यसमितिको निर्वाचन लगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरिएको छ।”
अहिलेसम्म ६२ जिल्लामा कांग्रेसको जिल्ला अधिवेशन भएको छ। अझै १५ जिल्लामा अधिवेशन हुन बाँकी छ। ति जिल्लामा अब महाधिवेशनपछि जिल्ला अधिवेशन हुने भएको छ।
कांग्रेसको महाधिवेशन यहीँ मंसिर २३ देखि २७ सम्म काठमाडौं हुने तय भएको छ।